काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन्।
फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गरी सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताए।
‘फागुपर्वमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र साँस्कृतिकरूपले विविधतापूर्ण रहेको छ’, उनले भनेका छन्, ‘यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो।’,
देउवाले वसन्त ऋतुको आगमनभएसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपर्वले सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धिमा प्रेरित गर्ने पनि बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८