काठमाडौं । आज (सोमबार) सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसका साथै, तेजावी सुन तोलाको १ लाख २६ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको थियो।
आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको थियो। शुक्रबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८