काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालमा कार्यरत कर्मचारीहरुको पेशागत क्षमता अभिवृद्धिको लागि २ दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
चैत्र ९ र १० गते ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागितामा चितवन जिल्ला स्थित सौराहमा दुई दिवशीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो।
कम्पनीले नेपाल बीमा प्राधिकरणको प्रचलित निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिलाइ मध्यनजर राख्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, क्लस्टर प्रमुख मछिन्द्र बोगटीका साथै केन्द्रिय कार्यालबाट प्रशिक्षणको लागि गएका प्रशिक्षकहरुले मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा प्रस्तुतिकरण दिएका थिए।
उक्त प्रशिक्षण कायर्क्रमबाट कर्मचारिहरुमा नविन ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन्।
मर्जर सँगै कम्पनीले बजार बिस्तारलाई पहिलो प्राथमिकता दिएको र बजार बिस्तारमा सबै भन्दा ठुलो भूमिका कर्मचारीहरुकै हुने हुँदा कम्पनीले केन्द्रमा रहेका कर्मचारीलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीलाई पनि उतिकै दक्ष बनाउने रणनीतिका साथ प्रशिक्षण दिएको जानाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८