
काठमाडौं । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ।
तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल सञ्चालनमा आइसकेको छ।
पुल निर्माण उपभोक्ता समितिका अनुसार यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सो पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको छ।
राष्ट्रपतिले पुल उद्घाटन गर्ने विषयमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखको बैठक पनि बस्दैछ।
पुल २०७१ कात्तिक २० गते निर्माण कार्य थालिएको थियो।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८