काठमाडौँ । आज (शुक्रबार) सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि, बिहिबार (चैत १५ गते) छापावाल सुन तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। साथै तेजावी सुनको मूल्य तोलाको १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार।
यता, आज तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँबाट बढेर १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी, आज चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ५ सय २५ रूपैयाँ कायम भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८