काठमाडौं। मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व संकलन गरेको छ।
जुन सो अवधिसम्मको लक्ष्यको तुलनामा ७२ अर्ब ६१ करोड १७ लाख ७१ हजारले कमि हो। विभागले चालु आर्थिक वर्षको ८ महिनामा ३ खर्ब ८३ अर्ब ५५ करोड ४७ लाख २९ हजार राजस्व आम्दानी गर्ने लक्ष्य राखेको थियो।
विभागले राजस्व आम्दानी अन्तर्गत आयकरमार्फत १ खर्ब ३७ अर्ब ६५ करोड ८५ लाख ७३ हजार, घरभाडा करमार्फत १ अर्ब ५७ करोड १४ लाख ३२ हजाार, ब्याजकरमार्फत २७ अर्ब २ करोड २१ लाख ३३ हजार, र भ्याटमार्फत ७५ अर्ब ३३ करोड ४६ लाख ८५ हजार आम्दानी भएको जनाएको छ।
त्यस्तै, विभागले अन्तःशुल्कबापत ६२ अर्ब ८१ करोड ४ लाख ९० हजार, स्वास्थ्य सेवा करमार्फत ४ अर्ब ३१ करोड ८५ लाख ९१ हजार, शिक्षा सेवा करमार्फत २ अर्ब ७ करोड ७१ लाख २४ हजार र अन्य शिर्षकमा १४ करोड ९९ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८