काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरी, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ।
यता, अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १० पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २५ पैसा र बिक्री दर ९८ रुपैयाँ ६९ पैसा रहेको छ।
उता, जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८