काठमाडौं। ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने नाराका साथ आज (मंगलबार) विभिन्न कार्यक्रम गरी देशभरी ६७औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ।
२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ।
देशभर अहिले करिब ३० हजारको संख्यामा सहकारी रहेको तथ्यांक छ। यो क्षेत्रमा झण्डै ६० लाख सदस्य रहेका छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी दिएको छ भने कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको पाइन्छ।
संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न सकेको छैन। धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ। सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान दिन सकेका छैनन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८