काठमाडौं। सगरमाथा लुम्बिनी इन्सुरेन्सले आगामी चैत २७ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ।
सभा, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। साधारण सभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ। सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा समेत छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। साथै, सभाले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते नै बुक क्लोज गरिसकेको छ। यसकारण लाभांश पाउन चैत १२ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८