काठमाडौं। समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले आगामी चैत २९ गतेका लागि दशौं बार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको गत चैत ६ गते (मंगलबार) बसेको सञ्चालक समितिको १५४ औं बैठकले सो निर्णय गरेको हो।
सभा, काभ्रपलान्चोक ७ बनेपा स्थित नमोबुद्ध बैंक्ववेट एण्ड इभेन्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, वासलात नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
सभाले सभाले गत आ. व. को मुनाफाबाट ५.४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णय पनि पारित गर्नेछ।
त्यस्तै सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्नरगराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १९ गते नै बुक क्लोज भईसकेको छ। यही बुक क्लोजको आधारमा चैत १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८