काठमाडौं। सुनको मूल्यले आज (बुधबार) पनि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ। हिजो सोमबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ३५० रुपैयाँ कायम भएको छ।
यसअघि चैत १९ गते पनि सुनको मुल्यमा रेकर्ड कामय भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८