
बि.पी भट्ट,काठमाण्डौं । लामो समय देखि संसदमा रोकिएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसदमा बहुमतले पारित गरेको छ । बुधवार चलेको संघिय संसदमा कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले रोकिएको बिधेयक संसोधन सहित पेश गर्नु भएको थियो ।
१ बर्ष भन्दा लामो समयदेखि रोकिएको बिधेयकलाई मन्त्री साहले तदरुक्ताको साथ अगाडी बढाएकोले बिधेयक बहुमतले पास हुन सफल भएको मन्त्रीको स्वकिय रबिन्द्र पटेलले जानकारी दिनु भयो ।
यस्तो छ बिधेयकमा उल्लेख भएका कानुनी कुराहरुः
यस विधेयक मार्फत प्रस्ताव गरिएको प्रावधान उल्लंघन गरेमा कसूरजन्य कार्य भएको मानिने र ऐन बमोजिम निरीक्षण अनुगमन कार्यमा बाधा अवरोध गरेमा तत्काल जरिवान गर्न सक्ने र यस्तो कसूर गर्ने व्यक्ति, संस्था वा निकायलाई सजाय गरिनुको साथै क्षतिपूर्ति भराइदिने व्यवस्था प्रस्ताव गरिएको,
यस विधेयक बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दाको अनुसन्धान खाद्य निरीक्षकले गर्ने र सरकारी वकीलबाट मुद्दा चल्ने निर्णय भएमा खाद्य निरीक्षण अधिकारीले मुद्दा दायर गर्ने व्यवस्था प्रस्ताव गरिएको,
यस विधेयक बमोजिम मुद्दा हेर्ने अधिकार दश हजार रूपैंया देखि पचास हजार रूपैंयासम्म जरिवाना र छ महिना देखि पाँच वर्षसम्म कैद सजाय हुने कसूर सम्बन्धी मुददाको शुरु कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई र पचास हजार रूपैया देखि पाँच लाख रूपैंयासम्म जरिवाना र एक वर्ष देखि पाँच वर्षसम्म कैद सजाय हुने कसूर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८