काठमाडौं। एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (चैत २२ गते) अन्तिम दिन हो।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। साथै यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन्।
यसमा न्यूनतम १२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जनाएको छ। बैंकले चैत १६ गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८