काठमाडौं। हिजो बिहिबार रेकर्ड कायम गरेको सुनको मूल्य आज (शुक्रबार) घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ३२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएकोछ।
यसअघि बिहीबार (चैत २२ गते) छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुन तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउमा पनि प्रतितोला ३५ रुपैयाँले घटेर १६ सय १५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८