
काठमाडौं। थ्रीस्टार हाइड्रोपावर कम्पनीले २०८१ वैशाख २३ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८