काठमाडौं। डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा आज चैत २५ गते (आइतबार) बस्दैछ।
सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते नै बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८