काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत ३० गते आठौं वार्षिक साधारण सभा बोलाएको छ।
चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको १४४ औं बैठकले काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सभा गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ।
यस वर्ष भने कम्पनीले लाभांश प्रस्ताव गरेको छैन्। आर्थिक वर्ष ०७७/७८ पछि कम्पनीले लाभांश वितरण गरेको छैन। लाभांश वितरणको इतिहासमा कम्पनीले आर्थिक वर्ष ०७६/७७ मा ८.८५ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष ०७७/७८ मा २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छ।
भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने बताइएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते नै बुक क्लोज गरिसकेको छ।
तसर्थ, चैत २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८