काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ९८ पैसा र बिक्री दर १३३ रूपैयाँ ५८ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ११ पैसा र बिक्री दर १४४ रूपैयाँ ७६ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ०६ पैसा र बिक्री दर १६८ रूपैयाँ ८२ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ४९ पैसा र बिक्री दर ८७ रूपैयाँ ८८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ४५ पैसा र बिक्री दर ३५ रूपैयाँ ६१ पैसा रहेको छ। मलेसियन रिंगेट एकको खरिद दर २८ रूपैयाँ ०१ पैसा र बिक्री दर २८ रूपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८