काठमाडौं। सुनको भाउले आज (सोमबार) (चैत २६ गते) पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार
आज सोमबार छापावाल सुनको भाउ प्रतितोला ६०० सय रुपैयाँले बढेर १ लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ। हिजो (चैत २५ गते) छापावाल सुन तोलाको १ लाख ३५
हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला १६ सय ७० रुपैयाँ थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८