काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०१ पैसा र बिक्री दर १३३ रूपैयाँ ६१ पैसा रहेको छ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रूपैयाँ ०१ पैसा र बिक्री दर १४४ रूपैयाँ ६६ पैसा रहेको छ। सोमबार युरो एकको खरिद दर १४४ रूपैयाँ ११ पैसा र बिक्री दर १४४ रूपैयाँ ७६ पैसाले कारोबार भएको थियो।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९३ पैसा र बिक्री दर १६८ रूपैयाँ ६८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ४७ पैसा र बिक्री दर ३६ रूपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८