काठमाडौं। प्रभु बैंकले २०८१ वैशाख २० गते २२ औं बार्षिक साधारण सभा बोलाएको छ। चैत्र २३ गते बसेको सञ्चालक समितिको ३३२ औं बैठकको निर्णअनुसार सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ।
बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ।
सभाले गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ। तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८