काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले २ आर्थिक वर्षको वार्षिक साधारण सभा एकैसाथ बोलाएको छ।
सभा बिहीबार चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन भने सेयरधनीको हात खाली हुनेछ।
सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धाण गर्ने एजेन्डा पनि रहनेछ। साधारण सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ।
साथै, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते नै बुक क्लोज गरिसकेको छ। चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८