काठमाडौं। सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (चैत २७ गते) छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार (चैत २६ गते) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो। सो दिन सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको भाउ भने स्थिर रहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ रहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८