काठमाडौं। मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले आगामी चैत २९ गते (बिहीबार) छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा दिउँसो १ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।
साथै, सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ। कम्पनीले चैत १६ गते नै बुक क्लोज गरिसकेको छ।
अतः चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन्। यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ। गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८