काठमाडौं। आज २०८० सालको अन्तिम दिन अर्थात् चैत ३० गते सुनको मूल्य हालसम्मकै उच्च रहेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (चैत ३० गते) छापावाल सुन प्रतितोला २४ सय रूपैयाँले बढेर १ लाख ३९ हजार रूपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ३५० रूपैयाँ कायम भएको छ।
यसअघि बिहीबार (चैत २९ गते) सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ काएम भएको थियो। साथै, आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ।
शुक्रबार चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला १७ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८