
काठमाडौं। सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ।
कम्पनीको चैत २९ गते (बिहीबार) बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो। उक्त सभा वैशाख १५ गते यस कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ।
सभामा यस कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। त्यसैगरी, कम्पनीको जारी पुँजी वृद्धि गर्नेका लागि प्रबन्धपत्रको दफा ६(१) (ख) संशोधन गर्ने सम्बन्धमा छलफल हुनेछ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८