काठमाडौं। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म ११ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्षको यसैअवधिको तुलनामा यो ३०.३४ प्रतिशतले धेरै हो। गत वर्षको तेस्रो त्रैमाससम्म यस संस्थाले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले घटेर १८ करोड ५१ लाख रुपैयाँ कायम भएको छ।
गत वर्ष यसले २१ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो। खुद ब्याज आम्दानी घटेपनि संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो। आरएसडीसी लघुवित्तको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ रहेको छ।
यसको जगेडा कोषमा १२ करोड ४ लाख जम्मा छ। यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा पुगेको छ। उक्स आम्दानी २ रुपैयाँ ६४ पैसाले बढेको हो। संस्थाको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ६९ पैसा बराबर छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८