काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तैगरी, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३७ पैसा बिक्री दर १३३ रूपैयाँ ९७ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४२ रूपैयाँ ३२ पैसा र बिक्री दर १४२ रूपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रूपैयाँ ३५ पैसा र बिक्री दर १६७ रूपैयाँ १० पैसा रहेको छ।
त्यसैगरी, जापानीज येन १० को खरिद दर ८ रूपैयाँ र बिक्री दर ८ रूपैयाँ ६७ पैसा रहेको छ। चाइनीज युआन एकको खरिद १८ रूपैयाँ ४३ पैसा र बिक्री दर १८ रूपैयाँ ५१ पैसा रहेको छ।
साथै साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५५ पैसा र बिक्री दर ३५ रूपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८