बि.पी.भट्ट,काठमाडौं । विश्व पृथ्बी दिवस २०२४ को उपलक्ष्यमा युनिभर्सल पिस स्यन्चुरी मार्फत विभिन्न संघसंस्था,सरसफाईका अभियान्ताहरु,विभिन्न क्षेत्रका ब्यक्ति ब्याक्तित्वहरुको सहभगीतामा दोस्रो दिनको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौ गौशाला स्थित रहेको श्री पशुपतिनाथ मन्दिरको परिसरमा सरसफाई गरिएको हो ।
दिवसको अवसर पारेर विश्व सम्पदा सुचिमा रहेका ३ बटा पुरातात्विक सम्पदाहरुको सरसफाई कार्यक्रम अन्तर्गत आज आईतबार श्री पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो । ३ दिनसम्म संचालन हुने कार्यक्रम अन्तर्गत (बैशाख ८ गते) स्वयंभु महाचैत्य परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो भने आज पशुपतिनाथ मन्दिर परिसरमा र भोली सोमबार बौद्ध मन्दिर परिसरमा सरसफाई गरिने छ ।
कार्यक्रममा युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बा का गुरू श्याल्पा रिन्पोछे, नेपाल सरकारका पूर्व मुख्य सचिब, पूर्व राजदुत एवं लीलामणि पौडेल, युनिभर्सल पिस स्यान्चुरी को तर्फबाट यस सरसफाई कार्यक्रमका संयोजक छोईङ देचेन, फोहर मैला ब्यवस्थापन संघका महासचिव, परिवर्तन सेवा प्रा.लि का प्रबन्धक मीत्र प्रसाद घिमिरे ,क्लिन ईट अपसाईक्लर्स का प्रमुख कार्यकारी अधिकृत शशी किरन थापा ,बागमती अभियान किसोर शाही , श्याल्पो गुन्बाका भिछुहरु लगायथ थुप्रै युवा अभियन्ताहरु निस्वार्थ रुपमा सरसफाईको यस नयाँ मोडल जान्न र विभिन्न स्थानहरु मार्फत सहभागी भएका थिए ।
नयाँ मोडलबाट फोहोर छुटाएर सदुप्रयोग गर्ने हो भने फोहोर लाई मोहोर बनाउन सकिने बातावरण संरक्षणमा समेत टेवा पुग्ने बताईएको छ । सरसफाई कार्यक्रम अन्तर्गत भोलि १० गते बौद्ध मन्दिर परिसर सरसफाई अभियान रहेको सरसफाई अभियान सम्वन्वयकर्ता नबिन विकास महर्जनले जानकारी दिएका छन् ।
यस सरसफाई अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरक फरक ढंगले संकलन गरी व्यवस्थपान गरीने र अभियानकै रुपमा निरन्तरता दिईने बताईएको छ । कार्यक्रमले फोहोर होईन मोहोरको पहिचान गरी त्यसको उचित ब्यवस्थापन गरौं भन्ने सन्देश दिएको छ ।
६ प्रकारले फोहोरको बर्गिकरण गरिएकोमा ५ प्रकारको फोहोरलाई पुनः प्रयोगमा ल्याउन सकिने समेत बताईएको थियो । विश्व पृथ्बी दिवस २०२४ मा यसपालिको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ ।
नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको ,फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण वन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन गर्ने जनाएको छ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरीएको हो ।
यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछी अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।
सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो । त्यसपछी सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८