काठमाडौं। सञ्चालनमा रहेका विकास बैंकमध्ये ११ वटा विकास बैंकले ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्। ११ विकास बैंकमध्ये ६ वटाको नाफा घट्दा र पाँच वटाको भने वृद्धि भएको छ।
एघार बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीनासम्मको अवधिमा कुल ३ अर्ब ५७ करोड ११ लाख ७६ हजार खुद नाफा कमाएका छन्।
गत आ.व.को यसै अवधिमा यी एघार बैंकले कुल ३ अर्ब ७० करोड ६७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ३.६६ प्रतिशत ९१३ करोड ५६ लाख ४ हजार रुपैयाँ० ले नाफा घटेको हो। राष्ट्र बैंकबाट हाल १७ ओटा विकास बैंक सञ्चालनमा रहेका छन्। सालपा बाहेक सबै १६ ओटा विकास बैंक नेप्सेमा सूचीकृत छ।
आर्थिक मन्दि र कोभिड महामारीको दीर्घकालीन असर विकास बैंकहरुको खुद नाफामा देखिएको छ। साथै अर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तीय विवरण खस्कन पुगेको हो। चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको अर्जा असुली प्रभावित हुँदा बढेको प्रोभिजनका कारण मुनाफामा गिरावट आएको हो।
खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापन खर्च (प्रोभिजनिङ) बढ्दा विकास बैंकको मुनाफा संकुचन भई लगानीकर्ता निराश हुने अवस्था आएको हो ।
चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीना अवधिमा मुक्तिनाथ विकास बैंकको खुद नाफा ८.१३ प्रतिशतले बढेर ८७ करोड १८ लाख २४ हजार रुपैयाँ पुगेको छ । यो नाफा दुई वाणिज्य बैंकहरु नेपाल बैंक र माछापुच्छ्रे बैंकले आर्जन गरेको नाफाभन्दा बढी हो। यस्तै दोस्रो ठूलो नाफा गरिमा विकास बैंकले गरेको छ।
गरिमाले चैत मसान्तसम्म ६८ करोड ३४ लाख६२ हजार रुपैयाँ नाफा कमाएको हो। अघिल्लो आवको सोही अवधिको तुननामा ४.८५ प्रतिशतले नाफा बढेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आ.व.को चैतसम्ममा ५१ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा ७.१९ प्रतिशतले घटेको हो। यसैगरी महालक्ष्मी विकास बैंकको खुद नाफा पनि १.४२ प्रतिशतले घटेर ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ।
चैत मसान्तसम्म लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख ६८ हजार र कामना सेवा विकास बैंकले ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा लुम्बिनीको खुद नाफा २६.९१ प्रतिशतले घट्दा कामना सेवाले ८.४० प्रतिशतले नाफा वृद्धि गरेको छ ।
यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले २०८० चैत मसान्तसम्म २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आ.व.को सोही अवधिको तुलनामा ९.४४ प्रतिशत धेरै हो। ज्योति विकास बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा झरेको छ। यस्तै मितेरी डेभलपेन्टको नाफा पनि ३०.३७ प्रतिशतले संकुचित भएको छ। सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ६ करोड ८२ लाख ७९ हजार नाफा कमाएको गरेको हो।
ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा सबैभन्दा धेरै ७४.४३ प्रतिशतले बढेर १ करोड ८१ लाख २५ हजार रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा सिन्धु विकास बैंकको खुद नाफा ५ करोड ४० लाख ७९ हजार ऋणात्मक छ। गत आ.व.को तुलनामा २६३ प्रतिशतले घाटा बढेको हो।
S.N. | Sector -Development Banks | Q3 2080-81 | Q32079-80 | Difference% |
1 | Muktinath Bikas Bank Ltd. | 871824.77 | 806284.00 | 8.13 |
2 | Garima Bikas Bank Limited | 683462.35 | 651871.02 | 4.85 |
3 | Shine Resunga Development Bank | 514659.15 | 554501.41 | -7.19 |
4 | Mahalaxmi Bikas Bank Ltd. | 373551.53 | 378949.35 | -1.42 |
5 | Lumbini Bikas Bank Ltd. | 342168.10 | 468151.86 | -26.91 |
6 | Kamana Sewa Bikas Bank Limited | 331363.23 | 305679.02 | 8.40 |
7 | Shangrila Development Bank | 269389.81 | 246148.81 | 9.44 |
8 | Jyoti Bikas Bank Limited | 152433.42 | 201618.53 | -24.40 |
9 | Miteri Development Bank Limited | 68278.97 | 98060.98 | -30.37 |
10 | Green Development Bank Ltd. | 18125.43 | 10390.97 | 74.43 |
11 | Sindhu Bikash Bank Ltd | -54079.92 | -14875.07 | 263.56 |
नोट: विकास बैंकहरुको खुद नाफा रकमलाई हजारमा देखाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८