काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएका छन्। उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो अवसरमा राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन्।
अमिर शेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ।
उनी बुधबार राति नै नेपालबाट स्वदेश फर्किने छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८