काठमाडौं। सरकारले भोलि वैशाख १० गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी भोलि मंगलबार नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
राष्ट्र प्रमुखसमेत रहेका थानी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल आउन लागेका थानीले दुई निजी विमान ल्याउनेछन्। त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८