काठमाडौं। भोली (मंगलबार) सार्वजनिक बिदाको दिन महालक्ष्मी विकास बैंक लिमिटेको शाखा कार्यालयहरू खुल्ला रहने बैंकले जनाएको छ।
बैंकले एक सूचना जारी गर्दै बिहान १०ः०० बजेदेखी दिउँसो ४ः०० बजेसम्म शाखा खुला रहने जानकारी गराएको हो। महालक्ष्मी बिकास बैंकका कोशी प्रदेशमा इटहरी, मधेश प्रदेशमा वीरगञ्ज, बागमती प्रदेश “क” अन्तर्गत दरबारमार्ग, कालीमाटी र “ख” अन्तर्गत कमाने, गण्डकी प्रदेशमा न्यूरोड (पोखरा), लुम्बिनी प्रदेश “क” अन्तर्गत बुटवल र “ख” अन्तर्गत नेपालगञ र सुदुरपश्चिम प्रदेको धनगढी शाखाहरू खुला रहनेछन्।
यसका साथै, RTGS/Clearing/IPs सेवा नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ्ग हाउसको समय तालिका अनुसार उपलब्ध हुने पनि बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८