काठमाडौं। नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन्।
दुईदिने भ्रमणका क्रममा हिजो (मंगलबार) अपराह्न नेपाल आइपुगेका थानीले बुधबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन्। वार्तापछि उनीहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
यसअघि थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए। कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गरेका थिए।
थानी आजै अपराह्न स्वदेश फर्किनेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८