काठमाडौं। संयुक्त अरब इमिरेट्सले गत हप्ताको कीर्तिमानी वर्षाले आएको बाढीले गर्दा आर्थिक क्षेत्री व्यहोरेका इमिरेट्सका सर्वसाधारणहरुको घर मर्मत गर्न ५४ करोड ४० लाख डलर दिने घोषणा गरेको छ।
त्यहाँको मन्त्रीपरिषद्को बैठकपछि प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल(मकतूमले भने, ‘हामीले वर्षाको सामना गर्दा ठूलो पाठ सिकेका छौं। नागरिकहरुको क्षति भएको घर मर्मत गर्न २ अर्ब दिराम अनुमोदन गरेका छौं।’
ुपरिस्थिति यसको गम्भीरतामा अभूतपूर्व थियो तर हामी हरेक अनुभवबाट सिक्ने देश हौं’, उनले भने। बाढीले गर्दा युएइलाई धेरै आर्थिक क्षति भएको विभिन्न न्यूज पोर्टहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय यात्रुहरुका लागि विश्वको सबैभन्दा व्यस्त दुबई एयरपोर्टलाई अवरोध पुर्यायो। दुबई बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८