काठमाडौं। नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई ‘नागरिक पेन्सन योजना’ मा समेट्ने भएको छ।
विराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सो कुरा बताएका हुन्। उनले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँजम्मा भएको जानकारी दिएका छन्।
सो अवधिसम्म सहभागी संख्या ६ हजार ११० पुगेको छ। चालु आर्थिक वर्ष २०८०र८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेट्ने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताएका छन्।
सो योजनामा आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ। यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५०० रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन्।
बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ। पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ। बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन्।
सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८