काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १९ पैसा र बिक्री दर १३३ रूपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रूपैयाँ ७७ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रूपैयाँ २० पैसा र बिक्री दर १६६ रूपैयाँ ९५ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३१ पैसा र बिक्री दर ८६ रूपैयाँ ७० पैसा रहेको छ।
यसका साथै, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५१ पैसा र बिक्री दर ३५ रूपैयाँ ६७ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७ रूपैयाँ ९१ पैसा र बिक्री दर २८ रूपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८