काठमाडौँ। साविक विजेता एपिएफ क्लबले आइतवार ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा सुखद शुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशलाई २४ रनले पराजित गर्दै सुखद शुरुवात गरेको हो। यसअघि उद्घाटन खेलमा ललितपुर मेयर–११ ले बागमती प्रदेशलाई सहजै पराजित गरेको थियो।
दोस्रो खेलमा वर्षाका कारण खेल ५ ओभरमा छोट्याइएको थियो। ५ ओभरमा एपिएफले दिएको ५७ रनको लक्ष्य पछ्याएको कोशीले ५ ओभर नै खेले पनि २ विकेटको क्षतिमा ३२ रन मात्र बनाउन सक्यो।
कोशीकी कप्तान अप्सरी बेगम २५ रनमा अविजित रहे पनि जित दिलाउन असफल भइन्। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
एपिएफकी कप्तान सीता रानामगरले १ विकेट लिइन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३ विकेट गुमाउँदै ५६ रनको चुनौतीपूर्ण योगफल बनायो।
इन्दु बर्माले १५ बलमा ३८ रनको योगदान गरिन्। उनको इनिङमा ५ चौका र २ छक्का रह्यो। खराब शुरुवात गरेको एपिएफका लागि इन्दुबाहेक अन्य ब्याटर चल्नै सकेनन्।
कोशीको बलिङमा एलिसा खडिया र हिरणमयी रोयले १/१ विकेट लिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८