काठमाडौं। कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर भर्ने आज (जेठ १ गते) अन्तिम दिन हो।
आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ। यसमा न्यूनतम २७५ रूपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंबाट पेश गर्न सकिनेछ। यसमा कम्पनीका संस्थापकले मात्र आवेदन दिन सक्नेछन्। कम्पनीले चैत २८ गतेबाट यो सेयर लिलामीमा बिक्रीमा ल्याएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८