काठमाडौं। बैतडीमा यही जेठ ३ गतेदेखि बृहत् अन्तरपालिका महिला र पुरूष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद महासंघ बैतडीको आयोजनामा निंग्लाशैनी खेल मैदान देहिमाण्डौमा सञ्चालन हुने प्रतियोगिताको आज ट्रफी सार्वजनिक गरिएको छ।
प्रतियोगितामा जिल्लाका ९ पालिकाका टोलीको सहभागिता रहने नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए।
जिल्लाको शिवनाथ गाउँपालिकाबाहेक अन्य ९ वटै पालिकाले सहभागिता जनाउनेछन्। महिलातर्फ १० र पुरुषतर्फ १४ टिम गरी जिल्लाका २४ टिमले सहभागिता जनाउनेछन्।
पाटन र दशरथचन्द नगरपालिकाबाट महिला पुरुषतर्फका २र२ वटा टिमले सहभागिता जनाउँदै छन्। मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट पनि पुरुषतर्फ २र२ टोली सहभागी हुनेछन्।
महिलातर्फ डिलाशैनी र सिगास गाउँपालिकाको टोली दर्ता भएका छैनन्। खेल तालिका भने बुधवार सार्वजनिक गरिने आयोजकले जनाएको छ।
बृहत अन्तरपालिकास्तरीय खुला भलिबल महोत्सव तथा प्रतियोगिताको उद्घाटन उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ।
जसमा बैतडीका कलाकारले प्रतियोगिताको उद्घाटनमा आ–आफ्नो प्रस्तुति समेत दिने छन्।
प्रतियोगिताको प्रथम पुरस्कार ७७ हजार ७७७ रूपैयाँ काम गरिएको छ। दोस्रो पुरस्कार ५५ हजार ५५५ रूपैयाँ रहेको छ भने तेस्रो पुरस्कार ४४ हजार ४४४ रूपैयाँ र सान्त्वना पुरस्कार ३३ हजार ३३३ रूपैयाँ रहेको छ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था छ। प्रतियोगिताले भलिबलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८