काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको भाउ घटेर एकको खरिद दर १३३ रूपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ। यसअघि अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३६ पैसा र बिक्री दर १३३ रूपैयाँ ९६ पैसा तोकिएको थियो।
यसैगरी, युरोपियन एकको खरिद दर १४३ रूपैयाँ ९५ पैसा र बिक्री दर १४४ रूपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ३८ पैसा र बिक्री दर १६८ रूपैयाँ १४ पैसा रहेको छ।
यता, अष्ट्रेलियन डलर पनि आज महँगिएर एकको खरिद दर ८८ रूपैयाँ १४ पैसा र बिक्री दर ८८ रूपैयाँ ५३ पैसा रहेको छ।
त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रूपैयाँ ५२ पैसा र बिक्री दर ८ रूपैयाँ ५६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५५ पैसा र बिक्री दर ३५ रूपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५७ पैसा र बिक्री दर ३६ रूपैयाँ ७४ रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८