
काठमाडौं। अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको अर्धशतकमा दिल्लीले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग चरणको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ।
दिल्लीका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए। दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो।
जवाफमा लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो। यो नतिजाले राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ।
राजस्थानको १६ अ्रंक छ र उसले अझै २ खेल खेल्न बाँकी रहेको छ। यस्तै चेन्नई सुपरकिङ्सको १४ अंक रहेको छ भने उसले एक खेल खेल्न बाँकी छ। यसैगरी सनराइजर्स हैदरबादको समान १४ अंक हुँदा उसले २ खेल खेल्न बाँकी छ। लखनऊको १२ अंक छ र उसको एक खेल बाँकी छ।
कलकता नाइट राइडर्स भने १८ अकका साथ यस अघि नै प्ले अफमा पुगिसकेको छ। प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र पञ्जाब किङ्स भिड्नेछन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८