काठमाडौं। वैशाख शुक्ल नवमी अर्थात् भगवती सीता उत्पत्ति भएको दिन आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ।
जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला पारेको र उनैलाई पुत्रीका पालन गरी सीता नाम दिएको बताइन्छ। जनककी छोरी भएकाले उनी जानकीका रूपमा पनि परिचित छिन्।
पछि अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भयो। पितृआज्ञा पालना गर्न राम वनवास जाँदा साथै सीताले रावणबाट हरण हुँदा पनि धर्म नत्यागेको कथा रामायणलगायतका पुराणमा उल्लेख छ।
रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर वनवास गएको रामायणमा उल्लेख छ।
भूमिमा उत्पत्ति भएकी सीताले अन्त्यमा भूमिमै प्राण त्याग गरेको बताइन्छ। सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ। सीता नेपालकी राष्ट्रिय विभूति पनि मानिएकी छिन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८