
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेलाधकेल भएपछि आजका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो। अब बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका थिए। सो पश्चात कांग्रेस र एमाले नेताबीच धकेलाधकेल भएको हो।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८