काडमाडौँ। राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको छ।
नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माण तीव्र गतिमा चलिरहेको र काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रुु गरिएको हो।
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको छ। यो काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग हो।
द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरूमध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८