काठमाडौं। भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका तीन दिनका लागि बन्द भएको छ।
भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।
आगामी सोमबार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ बजेदेखि ७ गते राति १२ बजेसम्म नेपाल-भारत सीमानाका बन्द रहने जनाइएको छ।
विहारको मधुवनी जिल्ला प्रशासनले नेपालको चार जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेअनुसार सीमानाका बन्द गरिने भएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८