काठमाडौं। मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ।
घाइतेमध्ये रौतहटको मौलापुर नगरपालिका ६ बस्ने अन्दाजी १७ वर्षीय विवेक शाह र मकवानपुर भीमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, अर्का घाइते बारा निजगढ नगरपालिका-६ बस्ने ३० वर्षीय सन्दीप शाहको हेटौंडाको शहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८