
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ।
स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्मका लागि बाटो पूर्णरूपमा बन्द गरिएको हो।
रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिए। व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे।
व्यास नगरपालिका-५ रानीटारीदेखि म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार गर्ने कार्य जारी छ।
कुल एक हजार ९५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको एक हजार ६०० मिटर काम पूरा भएको छ भने नौ किलोटिर नाला लामो नालाको काम पनि प्रायः पूरा भएको यादवले जानकारी दिए। ‘आठ किलोमिटर सडक खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ’,उनले भने ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ।’

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८