काठमाडौं। आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति पुर्याएको छ।
हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
हावाहुरीका कारण विभिन्न स्थानमा सडकछेउका रुख ढल्दा ६८ वटा विधुतका खम्बा भाँचिएका छन्। विधुतका खम्बा भाँचिएपछि बेलका नगरपालिका, कटारी नगरपालिकासहित त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा समेत विधुत अवरुद्ध भएको छ।
त्रियुगा नगरपालिका-९ राजाबाससहित गैरून क्षेत्रमा विधुतका खम्बा ढलेर विधुत अवरुद्ध भएको विधुत प्राधिकरणले जनाएको छ।
खम्बा भाँचिँदा १ करोड ५० लाख रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान विधुत प्राधिकरणको छ। विधुत पुनः सञ्चालनमा आउन तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ।
हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरका टिनको छानो उडाएको प्रहरीले जनाएको छ। क्षतिको तथ्याङ्क सङ्कलनको कार्य भइरहेको प्रहरीको भनाइ छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८