काठमाडौं। चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा शुरु भएसँगै रसुवागढी नाकामा चहलपहल बढेको छ।
कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुका कारण चहलपहल बढेको हो।
अध्यागमन कार्यालय रसुवागढीका अनुसार पछिल्लो समय दैनिक औसत ४० यात्रु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानाएको छ। यो नाकाबाट मानसरोवर ९५० किलोमिटरको दुरीमा रहेको छ।
नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौंबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु आएको अध्यागमनले जनाएको छ। अध्यागमनका अनुसार पछिल्लो समय चिनिया नागरिक पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८